काठमाडौं । आज निर्जला एकादशी । सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राख्ने गर्दछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ छर्ने गरिन्छ । यसरी छरिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा…