बैतडीमा एक पुरुष मृत फेला « Image Khabar


बैतडीमा एक पुरुष मृत फेला



बैतडी, कात्तिक ९ । बैतडीको पाटन ६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मंगलबार मृत फेला परेका छन् ।

पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

बजार जान सोमबार घरबाट निस्केका पहरी साँझ घर नफर्केपछि पहरीको शव मंगलबार बिहान गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको हो ।

बाख्रा चराउन गएका गोठालाहरुले पहरीको शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहरीको टाउको र शरिरका विभिन्न भागमा चोट रहेकोले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

मृतक पहरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।