बागलुङमा ढुङ्गेघरको चलन हराउँदै « Image Khabar


बागलुङमा ढुङ्गेघरको चलन हराउँदै



बागलुङ । बागलुङ जिल्लामा पछिल्लो समयमा ढुङ्गेघरको चलन हराउँदै गएको छ । भूकम्पबाट भत्किएका घरहरु पुनःनिर्माण हुने क्रममा ढुङ्गाको ठाउँमा जस्तापाता प्रयोग गर्न थालेपछि ढुङ्गेघरको चलन हराउन थालेको हो ।

ढुङ्गाले घर छाउँदा भूकम्प प्रतिरोधात्मक नबन्ने र टिनले छाउँदा छानो हलुका घरमा क्षति कम हुने प्राविधिकहरुले सिफारिस गर्न थालेपछि घरहरुमा पनि धमाधम जस्तापाता प्रयोग भैरहेको छ ।

ग्रामीण भेगमा जस्ताको प्रयोग बढेसंगै ढुङ्गाको व्यावसाय पनि घटेको ढुङ्गा व्यापारी दुर्गाबहादुर क्षेत्रीले बताएका छन् । खानीबाट खरिद गरि ल्याएर हातको एक सय २५ रुपैयाँको दरले ढुङ्गा विक्री गर्ने गरिए पनि हाल ढुङ्गा विक्री हुन छाडेको छ ।