डीबी विष्टबझाङ । महिनाैंदेखि बझाङको एक मात्रै जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि स्थानीयलाई सास्ती भएको छ । बेमौसमी वर्षाका कारण सेती नदीले जाल्या बगर र नारुगौडामा सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध बनेपछि सदरमुकाम चैनपुरमा दैनिक उपभोग्य सामानको मूल्य आकासिनुका साथै कालोबजारी मौलाएको छ । राजमार्ग अवरुद्ध भएको महिनौं पुग्दा पनि मर्मत नहुँदा…