प्रधानन्यायाधीशका विवादित फैसला उपलब्ध गराउन बारको आह्वान « Image Khabar


प्रधानन्यायाधीशका विवादित फैसला उपलब्ध गराउन बारको आह्वान



काठमाडौं, मंसिर १ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरुलाई ति फैसला उपलब्ध गराउन आव्हान गर्नुभएको छ ।

नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन आव्हान गर्नुभएको हो ।

प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पति विवरण संकलन गरीने र छानविन हुने उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाउनुभयो । जबराको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उहाँले बारको आन्दोलन विरुद्ध नलाग्न चेतावनी दिनुभयो ।

उहाँले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताउनुभयो ।