चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वी चितवनमा कर्फ्यू जारी गरेको छ । राप्ती–३ चितवनकी सुजिता भण्डारीको मृत्युलाई लिएर हुन सक्ने हिंसात्मक झडपलाई मध्यनजर गर्दै कर्फ्ष्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । मृत्युको विषयलाई लिएर केही व्यक्तिले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भिड जम्मा गरी हुलहुज्ज्त गर्ने गरेको भन्दै कर्फ्यू…