रुपन्देहीमा बन्दको प्रभाव, सवारीसाधन फाट्टफुट्ट « Image Khabar


रुपन्देहीमा बन्दको प्रभाव, सवारीसाधन फाट्टफुट्ट



भैरहवा, कात्तिक ३० । बन्दको असर रुपन्देहीमा पनि परेको छ ।

बिहानैदेखि भैरहवाको जनजीवन प्रभावित भएको छ । सार्वजनिक सवारीसाधनहरु कमै मात्र चलेका छन् ।

सार्वजनिक सवारीसाधन कम चल्दा यात्रुहरुलाई गन्तब्यमा पुग्न असहज भएको छ ।

भारतबाट बेलहिया नाका हुँदै भित्रिएका यात्रुहरुसमेत मर्कामा परेका छन् । भारतबाट आएका भारतीय मालवाहक सवारीसाधन पनि आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् ।

निजी सवारी साधनहरु भने फाट्टफूट्ट सञ्चालनमा आएका छन् । भैरहवाका विभिन्न चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।