दुर्गा उपाध्याय कञ्चनपुर । गत कात्तिक पहिलो साता कञ्चनपुरसहित सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा बाढी तथा पहिरोले धनजनको क्षति ग¥यो । बेमौसमी वर्षाका कारण आएको बाढीले भित्र्याउन तयारी गरेको धान बाली मात्रै बगाएन, धेरैका आफन्त र सपनाहरु पनि बगायो । बाढी कम भएसँगै विस्थापित आआफ्ना घर फर्किए पनि बाढीले दिएको पीडा भने अझै ताजै छ । उत्तरतर्फ…