भ्रष्टाचार न्युनिकरणमा युवाले दिए चासो « Image Khabar


भ्रष्टाचार न्युनिकरणमा युवाले दिए चासो


0
Shares

काभ्रे, मंसिर २३ । नेपालमा बढ्दो भ्रष्टाचार न्युनिकरणमा युवाहरुले चासो दिएका छन् ।

जिल्ला युवा समिति काभ्रेको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा सहभागी युवाहरुले भ्रष्टाचार नियन्त्रणका लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रणका लागि युवाहरुलाई उत्पादनसँग जोड्नुपर्ने, भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गर्ने अभियान चलाउनुपर्ने, हरेक कार्यालयमा प्रविधिमैत्री सेवा सुरु गर्नुपर्ने र शिक्षा स्वास्थ्यमा नागरिकको निःशुल्क पहुँच स्थापित गर्नुपर्ने उनीहरुको भनाइ छ ।