काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले इल्चेविरुद्ध ३-२ गाेलको रोमाञ्चक जित हात पारेकाे छ।
म्यानुअल मार्टिनेज भलेरो रंगशालामा मंगलबार राति भएकाे खेलमा रियाललाई जित दिलाउन किलियन एमबाप्पे र कार्लोस एस्पीले एक–एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भएकाे हाे। इल्चेका लागि एबिएल ओसोरियो र फेर निन्योले एक–एक गोल फर्काएका थिए ।
गोलकिपर माटियस डिटुरोबाट आत्मघाती गोल हुन पुग्दा २५औँ मिनेटमा रियालले अग्रता लिएको थियो। आठ मिनेटपछि एमबाप्पेले रियालको अग्रता दोब्बर बनाएका छन्। एबिलएलले ७१ र निन्योले ८३औँ मिनेटमा गोल गर्दै इल्चेलाई २-२ गाेलको बराबरीमा ल्याएका हुन् । इन्जुरी समयमा एस्पीले गोल गर्दा रियालले रोमाञ्चक जित निकाल्यो ।
याे जितसँगै ६ खेलमा १५ अंक जोडेको रियाल दोस्रो स्थानमा छ । पराजित इल्चे समान खेलबाट दुई अंकका साथ पुछारमा रहेकाे हाे ।









प्रतिक्रिया दिनुहोस्