Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


बाग्लुङ र म्याग्दीसहित २० जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम (सूचीसहित)


377
Shares

काठमाडौं । बाग्लुङ र म्याग्दीसहित देशका २० जिल्लामा बुधबार आकस्मिक बाढीको सम्भावना रहेकाे छ।

बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने नदीहरूमा बहाव उल्लेख्य बढ्ने जनाएको हाे। महाशाखाले बुधबार ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेकाे छ।

साथै आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाे समेत महाशाखाले पूर्वानुमान गरेकाे हाे।