काठमाडाैं । सर्लाहीको सिर्सियामा मंगलबार राति दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएकाे जनाएकाे हाे। कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलंवा-नवलपुर सडकखण्डमा मधेस प्रदेश०३-०३३ प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका-६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी-८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो । दुर्घटनापछि गम्भीर घाइते दुवैको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
सोही घटनामा परेर गम्भीर घाइते १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका-८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलंगवा नगरपालिका-६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको हाे। प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाएको छ ।
तीव्र गतिका कारण दुवै मोटरसाइकल एक-आपसमा ठोक्किएको प्रहरीले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्