काठमाडाैं। जिल्ला प्रहरी कार्यालय दैलेखले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई १४ वर्षपछि पक्राउ गरेको छ।
दैलेखको साबिक गमौडी गाविस–२ मेला, हाल दुल्लु नगरपालिका–१० बस्ने ३२ वर्षीय डिलबहादुर खड्कालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई नारायण नगरपालिका–१ बाट पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा फरार रहेका खड्का पक्राउ परेपछि जिल्ला अदालत दैलेखबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएके छ।
प्रहरीले खड्का १४ वर्षदेखि उक्त मुद्दामा फरार रहेकाे बताएकाे हाे । उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइएको छ ।









प्रतिक्रिया दिनुहोस्