काठमाडौं, मंसिर २६ । काठमाडौंको भेडासिंहको किलागल टोकमा पुलकुसी शरणको मन्दिर स्थापना भएको छ । नेवारी समुदायमा पुलकुसी अर्थात ऐरावत हात्तीलाई देवताको रुपमा पुज्ने चलन छ । नव निर्मित मन्दिरको उद्घाटन गर्दै काठमाडौ महानगर मेयर विद्यासुन्दर शाक्यले नेपालको धार्मिक एवं सांस्कृतिक पक्षको जगेर्ना सवै नागरिकको जिम्मेवारी रहेको बताउनुभयो । ज्यापु साँस्कृतिक सम्प्रदाय संरक्षक समितिले गरेको…