बैतडी । बैतडीमा जंगली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा पञ्चेश्वर गाउँपालिका–५ नेटाका ३२ वर्षीय महेश राम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द रहेकी छन् ।
घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको थियो । घाँस काटिरहेका बेला बच्चासहित रहेको भालुले पहिला महेशमाथि आक्रमण गरेको र त्यसलगत्तै कमलामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्