काठमाडाैं । अन्तर्राष्ट्रिय योग दिवस आइतबार नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ । पर्यटकीय नगरी पोखरामा आइतबार भारतीय दुतावासको आयोजनामा विशेष कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको महत्वलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई दक्ष योग प्रशिक्षकहरूद्वारा…