काठमाडाैं । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनाधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३ सय २० सटर लगायतका संरचना हटाएको छ ।
बसपार्कभित्रका अन्य घर तथा टहरामा डोजर चल्दा पनि बास्तोला कम्प्लेक्समा डोजर चलेको थिएन । जसले गर्दा स्थानीयले बास्तोला कम्प्लेक्समा डोजर नचल्ने हो कि भन्ने शंकाको दृष्टिकोणले हेर्ने गरेका थिए । अन्ततः बास्तोला कम्प्लेक्समा पनि डोजर चलेको छ । महानगरपालिका र जग्गाधनीकाबीचमा संरचना हटाउने सहमति भए अनुसार व्यवसायीले सटर खाली गरेका थिए ।
महानगरपालिकाले खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । महानगर प्रमुख आचार्यले लालपुर्जा भएका जग्गाधनीको छानबिन पनि द्रुतगतिमा भइरहेकाले केही दिनमै वास्तविकता सार्वजनिक हुने बताउनुभयो । महानगरले सुकुम्बासी बस्तीका ५ सय ७२ परिवारमध्ये हालसम्म ३ सय ३७ परिवारको ‘डकुमेन्ट भेरिफिकेसन’ सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ ।
महानगर प्रमुख आचार्यले केही सुकुम्बासीले विवरण झुट्टो दिएकोले छानबिनका लागि समय लागेको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्