काठमाडाैं । ललितपुरको जावलाखेलमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो सर्वसाधारणलाई देखाइएको छ ।
परम्परागत साँस्कृतिक विधि अनुसार जावलाखेलमा शनिबार साँझ आयोजित एक विशेष समारोहकाबीच सोही भोटो प्रदर्शन गरिएको हो । हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहँदै आएको छ ।
भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
साेही समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्