काठमाडाैं । हाल कोशी प्रदशको केही स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी र स्थानीय वायूकाे प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
आइतबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल लागेकाे छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको हाे । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
त्यस्तै, आइतबार दिउँसो भने देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे हाे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो लहर चल्ने भएकाे छ। साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, आइतबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी-तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली-तराईमा आंशिक बादल लाग्ने भएकाे हाे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।
कोशी , बागमती , गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।
कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग केही स्थानमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्