प्रकाश लिम्बुतेह्रथुम । लगातारको वर्षाका कारण हिलाम्मे भएको सदरमुकाम जोड्ने एकमात्र म्याङ्लुङ–वसन्तपुर सडक मर्मत हुन नसक्दा त्यसको मारमा बिरामी र गर्भवती महिलाहरू परेका छन् । हिलाम्मे सडकमा यातायात सञ्चालनमा समस्या बढ्दै गएपछि तेह्रथुमबाट बाहिरी जिल्ला आउजाउका लागि समेत समस्या भएको हो । सडकको अवस्था नाजुक हुँदा बिरामीलाई उपचारका लागि लैजान महंगो भाडा तिरेर हेलिकप्टर चार्टर…