१४ आश्विन २०८०, आइतबार | Sun Oct 1 2023


सोलु जलविद्युत् आयोजनामा दुई इन्जिनियरको ज्यान गएको विषयमा छानबिन समिति गठन


156
Shares

काठमाडौं, पुष १३ । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा दुई इन्जिनियरको ज्यान जानेगरी भएको भएको दुर्घटना छानबिनका लागि सरकारले समिति बनाएको छ ।

सोमबार भएको उक्त घटनाको छानबीनका ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

साहस ऊर्जाले प्रवद्र्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप बिस्फोट हुँदा इन्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको मृत्यु भएको थियो ।

दुर्घटनामा थप एक कर्मचारी घाइते भएका छन् ।