सर्लाही । जिल्लाकाे केही स्थानमा भोलि (बुधबार) बेलुकासम्म निषेधाज्ञा जारी गरिएको छ । प्रहरीको भ्यानको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु भएपछि जिल्लामा ताेडफाेड र तनावकाे स्थिति सिर्जना भएकाे भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाे हाे । मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो…