काठमाडौं । पहाडी जिल्ला लमजुङमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएपछि पर्याप्त पानी परेसँगै रोपाइँ सुरु गरिएको हो । जिल्लाका पहाडी क्षेत्रका किसानहरुले समूह बनाए धान रोप्न सुरु गरेका छन् । केही स्थानहरुमा भने रोपाइँका लागि तयारी भइरहेको छ । लमजुङको ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी…