पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु


78
Shares

पाँचथर । पाँचथरको फालेलुङ-३ नाम्लोवा भन्ने स्थानमा शुक्रबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ ।

मृत्यु हुनेमा सवारी चालक फालेलुङ-३ का २२ वर्षीय सुरेश साँवा रहेका हुन् । एकतिको पंचमुखीदेखि थोक्लिम्बा तिर जाँदै गरेको प्रदेश १-०२-००३-त १८५४ नम्वरको ट्रयाक्टर पल्टिदा दुर्घटना भएकाे हाे ।

साेही दुर्घटनामा ट्रयाकटर चालक सुरेश साँवाको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिनुभएकाे छ ।