काठमाडौं । ललितपुर महानगरपालिकाले शहरी क्षेत्रमा सिसिटिभी जडाननका लागि २ करोड रुपैयाँको सम्झौता गरेको छ । शहरी क्षेत्रमा हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि महानगरले सोमबार महानगरिय प्रहरी परिसर ललितपुरसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल प्रहरीका एसएसपी यज्ञविनोद पोखरेलले हस्ताक्षर गरेका हुन् ।…