काठमाडौं । तनहुँको बन्दिपुर गाँउपालिका–१ बेलभञ्ज्याङमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । डुम्रेबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९८३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग १८ प ९२२५ नम्बरको मोटरसाइकल सोमबार राति आपसमा ठोक्किँदा मोटरसाइकल चालक तनहुँको व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल बाचेमगर…