लुक्ला विमानस्थलमा ९ दिनदेखि उडान ठप्प « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


लुक्ला विमानस्थलमा ९ दिनदेखि उडान ठप्प


442
Shares

सोलरखुम्बु । सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा ९ दिनदेखि लगातार मौसम खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रुहरु अलपत्र परेका छन् ।

मौसममा सुधार नभएपछि उडान हुन नसकेको हो । खुम्बुक्षेत्रको एक मात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु भ्रमण गरी लुक्लाबाट फर्कने तथा काठमाडौंबाट आउने दुवैतिरका यात्रु अलपत्र बनेका छन् ।

लुक्लामा मौसममा सुधार आउला र काठमाण्डौँ जान पाइएला भनेर विमान कुरेर यात्रुहरु बसिरहेको बताइएको छ । आइतबार तारा एयरका पाँच वटा उडान रहेकोमा मौसम प्रतिकूलताका कारण उडान प्रभावित भएको नेपाल नागरिक उडड्यन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो ।

पर्यटकीय सिजनको अन्त्य हुँदै गएको र हिमाल आरोहण गरी फर्कने यात्रु समस्यामा भएको पर्यटन व्यवसायीहरुको गुनासो छ ।