काठमाडौं, साउन २३ । प्रहरी ‘इन्काउन्टर’मा मारिएका नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङमाथि प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आशबहादुर तामाङलगायतले बुधबार आयोगमा पुगेर प्रहरी ‘इन्काउन्टर’माथि छानबिन गर्न मागसहित उजुरी दर्ता गराएका हुन् । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट…