बञ्चरेडाडाँमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद गुरुङ « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


बञ्चरेडाडाँमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद गुरुङ


208
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभयो ।

उहाँले काठमाडौंको फोहोरको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिदैँ मन्त्रालयको सोच के छ भन्ने प्रश्न गर्नुभयो । उहाँले फोहोरबाट कम्पोष्ट मलको फ्याक्ट्री खोल्न सकिने पनि बताउनुभयो ।