Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


बर्दियामा अत्याधिक गर्मीका कारण विद्यालय बन्द


286
Shares

बर्दिया । बर्दिया गुलरियाका विद्यालय ५ दिनका लागि बन्द भएका छन ।

गर्मी अत्याधिक बढेपछि बर्दियाको गुलरीया नगरपालिकाले ५ दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख स्तरीय निर्णयबाट जेठ ३१ गते सम्म गर्मी बिदा दिने निर्णय गरेको हो ।

भू-मण्डलीय उष्मीकरणको प्रभावले गर्मी तथा तापक्रम बढ्दै गइरहेकाले विद्यालय सञ्चालन गर्न कठिनाई भएका कारण यहि जेठ ३१ गतेसम्मका लागि गर्मी बिदा दिने निर्णय गरेको शिक्षा शाखा अधिकृत सतिस यादवले जानकारी दिनुभएकाे हाे।

नगरपालिकाले शिक्षा नियमावली २०५९(संशोधनसहित) को नियम ८५ को उपनियम ३ अनुसार सबै विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेकाे उहाँले बताउनुभयो । केही दिन यता बर्दियाको तापक्रम ४३ डिग्री सेल्सियस पुग्ने गरेको उहाँले बताउनुभयाे ।