काठमाडाैं । थाइल्यान्डकाे बैंककमा रहेकाे नेपाली दूतावासले कम्बाेडियाबाट ४६ जना नेपालीकाे उद्धार गरेकाे छ । दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूकाे उद्धार गरेकाे जनाएकाे हाे । उद्धार गरिएका सबै स्वदेश फर्किसकेका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएकाे हाे…