काठमाडौं । कञ्चनपुरमा च्याउ खोज्न जंगलमा गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१९ स्थित बागफाँटाका महिला आइतबारदेखि सम्पर्कविहीन भएकाे जनाएकाे हाे । उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र गएका थिए ।
बेपत्ता हुनेमा दशरथ टोलकी सकनी चौधरी, सबिता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेको प्रहरीले जनाएको हाे ।
उनीहरू दुई वटा छुट्टाछुट्टै समूह बनाएर च्याउ खोज्न जंगलतर्फ लागेका थिए । आइतबार साँझसम्म पनि घर नफर्किएपछि आफन्त र प्रहरीले खोजी कार्य तीव्र बनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्