काठमाडाैं । देशका ३५ जिल्लामा साेमबार बाढीको जोखिम रहेको छ।
बाढी पूर्वानुमान महाशाखाले रुकुम पश्चिम, रोल्पा, अर्घाखाँची र कपिलवस्तुका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले बाढीको उच्च जोखिम रहेकाे जनाएकाे हाे । त्यस्तै, काठमाडाैं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम र दोलखामा पनि बाढीको जोखिम रहेकाे छ ।
चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, जाजरकोट, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेको महाशाखाले जनाएको हाे । जोखिम रहेका ठाउँमा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्