Logo ४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026


कान्ति लोकपथ र अरनिको राजमार्गसहित देशका ७ राजमार्ग पूर्णरूपमा अवरूद्ध (सूचीसहित)


143
Shares

काठमाडौं । अविरल वर्षासँगै बाढी, पहिरो र सम्भावित जोखिमका कारण देशका विभिन्न ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

बाढी र पहिरोले केही राजमार्ग अवरुद्ध हुँदा केही राजमार्गमा भने सम्भावित उच्च जोखिमका कारण सवारी चलाउन रोक लगाइएको हाे । मकवानपुर कान्ति लोकपथ, इलाममा मेची राजमार्ग, अर्घाखाँचीमा सालझन्डी–ढोरपाटन सडकखण्ड र सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।

साथै बागलुङ कालीगण्डकी करिडोर, रसुवामा त्रिशुली–मैलुङ स्याफ्रुबेशी सडकखण्ड, रोल्पामान रुकुम–घोराही सहिद मार्ग अवरुद्ध भएका छन् । कोशी प्रदेशका सडकमा सवारी चलाउन पूर्ण रूपमा रोक लगाइएका जिल्लामा इलाम, तेह्र्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, पाँचथर, खोटाङ र सोलुखुम्बुका सडकमा सवारी चलाउन रोक लगाइएको प्रहरीले जनाएको हाे ।

बागमती र अन्य प्रदेशका केही जिल्लामा पनि सवारी आवगमन रोकिएको प्रहरीले बताएकाे छ।