Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


झापामा वित्तीय अपराधका घटना बढ्दाे क्रममा, एक वर्षमा ३७३ मुद्दा दर्ता

घटनामा संलग्न १ सय ५५ जना प्रहरीकाे नियन्त्रणमा, ३१० अझै फरार

13
Shares

काठमाडाैं । झापामा डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी ३ सय ७३ वटा मुद्दा दर्ता भएकाे जनाउकाे हाे। जसमध्ये २ सय ७० वटा मुद्दा फर्स्योट भएकाे र १ सय ३ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन् । उक्त घटनामा संलग्न १ सय ५५ जना पक्राउ परेकाे र ३ सय १० जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे हाे ।

‘प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्ने प्रवृत्ति र आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराधका घटना बढिरहेका छन् । फरार अभियुक्तहरूको खोजीकार्यलाई पनि तीव्र बनाइएको प्रहरीले बताएकाे हाे ।