पर्वत । पर्वतको पैंयु गाउँपालिका वडा नम्बर ६ भोर्लेमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । स्थानीय काहुँगाउँका ३० वर्षीय केशवबहादुर थापा मगरको आइतबार बिहान साँढे ९ बजे करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो । आफ्नै कुखुरा फार्ममा बिजुलीको बल्ब फेर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतकको…