रौतहटमा आगलागीबाट तीन बालबालिकाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


रौतहटमा आगलागीबाट तीन बालबालिकाको मृत्यु


117
Shares

रौतहट । रौतहटको गौरमा कपास उद्योगमा बुधबार राति आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ ।

गौर नगरपालिका–१ स्थित कपास उद्योगमा भएको आगलागीबाट गौर– १ का ९ वर्षीया रोक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीय इरमाश मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस्तै, आगलागीमा परी गौर–१ निबासी २५ वर्षीय मोहम्मद इसराईल र भारतीय ८ वर्षीय मोहम्मद ईरमाईन घाइते भएका छन् ।

आगलागीमा ४० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।