चौथो दिन पनि बाजुरा बन्द « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


चौथो दिन पनि बाजुरा बन्द


0
Shares

बाजुरा । अनेरास्ववियुका नेता चेतन अएडीको विभत्स हत्याको विषयलाई लिएर अनेरास्ववियू बाजुराले बिहीबार चौथो दिन पनि बजार बन्द गराएको छ ।

अनेरास्ववियुका चेतन ऐडीको घटनामा संलग्न रहेकाहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ४ दिनदेखि प्रर्दशन हुँदै आएको छ । बुधवार साँझ प्रर्दशनका क्रममा मुख्य निर्वाचन अधिकृत सुरक्षा निकायका प्रमुखहरूलाई दुव्यवहार गरेको आरोपमा ७ जनाभन्दा बढी अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो ।

चेतन हत्याको विषयलाई लिएर सदरमुकाम मार्तडी, कोल्टी, फालसैन लगायतका बजार बन्द छन् भने यातायात, शैक्षिक संस्था र कार्यालयहरू पनि ठप्प भएका छन् । सदरमुकाम मार्तडीमा टायर बालेर चेतनको न्यायका निम्ति प्रर्दशन गरेको हो ।

अनेरास्ववियुका नेता चेतनको हत्यारालाई कानूनी दायरामा नल्याउन्जेलसम्म निर्वाचनका कुनैपनि गतिविधिहरू अगाडि बढ्न नदिने अनेरास्वियु बाजुराले जनाएको छ । चेतनका बुवा गगन अयडीले हत्यामा सलग्न भन्दै २२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिएका छन् । तर, प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

त्रिवेणी नगरपालिका– ७ मा यही ४ गते मतदान सम्पन्न भइसकेपछि राति घरमा सुतिरहेका चेतन ऐडीलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले हत्या गरेको विषयलाई लिएर बाजुरामा अनेरास्ववियु आन्दोलित बनेको हो ।