देवीदेवताको नामक कला प्रदशनी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


देवीदेवताको नामक कला प्रदशनी


195
Shares

काठमाडौं । आगामी आइतबारदेखि २५ गतेसम्म काठमाडौंमा नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनी हुने भएको छ ।

नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा नेपालमा नै पहिलो पटक नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनी गर्ने भएको हो । डेनिस अफ नेपालले बिहीबार पत्रकार सम्मेलन गरेर सो प्रदर्शनीका बारेमा जानकारी दिएको छ ।

प्रदर्शनीमा नेपालका देवीदेवताहरू नामक वृहत कला, परम्परागत र समसामयिक कलालाई एउटै धरातलमा ल्याउने उद्देश्य रहेको आयोजकले बताएको छ । प्रदर्शनी संयोजक स्वस्ति राजभण्डारी कायस्थले नेपालका देवीदेवताहरू नामक ठूलो कला प्रदर्शनी पहिलो पटक हुन लागेको बताउनुभयो ।

प्रदर्शनीमा १ सय ८० कलाकारहरूले बनाएको कला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको रहेको छ ।

प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठीसमेत हुनेछ ।