महेश कुमार कार्की बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा आइतबार मतदानका क्रममा भएको घटनामा सुरक्षाकर्मीले लापरबाही गरेको विषयलाई लिएर नेकपा एमालेका समर्थक युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अनेरास्ववियुका नेता चेतन अयडीको मृत्युकाे विषयलाई लिएर बाजुराकाे सदरमुकाम मार्तडी बजार समेत बन्द गरेका हुन् । एमालेका युवाहरुले सोमबार सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रिक चोक, दुनिहाट बजार र…