बैतडीमा प्रहरी चढेको जीप दुर्घटना « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


बैतडीमा प्रहरी चढेको जीप दुर्घटना


611
Shares

बैतडी । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना भएकाे छ ।

पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको हाे।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे पनि जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।