
काठमाडाैं । बाजुराकाे एक मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे ज्यान गएकाे छ ।
त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ ।
मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । त्यस्तै प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् ।
घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्