Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


भोटेकोशी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित


221
Shares

काठमाडाैं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ ।

सभाको बुधवारको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो ।

उक्त प्रश्ताव प्रश्तुत गर्नुअघि सभामुख डिपि अर्यालले विपद्पछिको खोज, उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।