Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


विश्वज्योति माविद्वारा ६ लाख ११ हजार रुपैयाँ राहत सहयोग


0
Shares

विवेक भण्डारी, नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं. १५ स्थित विश्वज्योति माध्यमिक विद्यालयले बाढी प्रभावितका लागि कुल ६ लाख ११ हजार रुपैयाँ राहत सहयोग प्रदान गरेको छ ।

विद्यालयका प्रिन्सिपल प्रदिपराज बास्तोला का अनुसार विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागितामा संकलित ५ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष मा जम्मा गरिएको हो।

कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी उक्त सहयोग गरेका हुन् । यसैगरी, निजी तथा आवासीय विद्यालय संगठन (प्याबसन) मार्फत संकलित राहत कोषमा ८० हजार रुपैयाँ सहयोग गरिएको छ ।

त्यसैक्रममा, सोही विद्यालयकी शिक्षिका लक्ष्मी न्यौपाने आचार्य को माइतीघर क्षेत्रमा भोटेकोशी बाट आएको बाढीले असर पारेपछि विद्यालय परिवारको तर्फबाट ३० हजार रुपैयाँ अतिरिक्त सहयोग प्रदान गरिएको प्रिन्सिपल बास्तोलाले जानकारी दिनुभयो ।

यसरी विभिन्न माध्यमबाट संकलित राहत रकम गरी विद्यालयले कुल ६ लाख ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो।