काठमाडौं, भदौ २५ । काठमाडौं महानगरपालिकाले आगामी संविधान दिवस मनाउनेक्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ । आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ । मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्टकक्षलगायत स्थानमा पिउनेपानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने…