११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको दुरी बढ्दै, अन्तरप्रदेश परिषद्को बैठक स्थगित


0
Shares

काठमाडौं । मुख्यमन्त्रीहरुले संघीय सरकारको चर्को आलोचना गरेपछि आइतबार हुने भनिएको अन्तरप्रदेश परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको दुरी बढ्दै गएर आरोप प्रत्यारोपमा उत्रिएपछि अन्तरप्रदेश परिषद्को बैठक नै स्थगित गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुले संघीय सरकारको आलोचना गरेकोमा असन्तुष्टि जनाउँदै अन्तरप्रदेश परिषद्को बैठक स्थगित गरेको बताइएको छ ।

यसअघि पोखरामा भेला भएका मुख्यमन्त्रीहरुले संघीय सरकारले अधिकार नदिएको भन्दै आलोचना गरेका थिए ।

उनीहरुले नागरिकता, राहदानी वितरण र सीमा व्यवस्थापनबाहेक अन्य सबै अधिकार प्रदेश सरकारलाई दिन माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले पनि हिजो निजामती दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीहरुसँग असन्तुष्टि जनाएका थिए ।