२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


प्रदेश नम्बर ५ का १२ वटै जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने अभियान सुरु


0
Shares

बासुदेव बर्मा/ईमेज

कपिलबस्तु । प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास मन्त्रालयले हाल प्रदेश नं. ५ का १२ वटै जिल्लालाई पुर्ण साक्षर घोषणा गर्न बिभिन्न सचेतनामुलक कार्यक्रमलाई जिल्ला स्तरमा लागेको छ ।

मुलुक संघीयतामा प्रवेश गरेसंगै अहिले प्रदेश सरकारले पनि साक्षरता अभियानलाई तिब्रता दिंदै आएको छ ।

प्रदेश ५ लाई पुर्ण साक्षर प्रदेश घोषणा गर्नका लागी प्रदेश सरकारले अहिले साक्षरता अभियानलाई समेत तिब्रता दिएको हो ।

प्रदेश ५ का १२ वटा जिल्ला मध्ये हालसम्म कपिलबस्तु र बांके पुर्ण साक्षर जिल्ला घोषणा गर्न सकिएको छैन् ।

१५ देखि ५९ वर्ष उमेर समूहका निरक्षरलाई दुई वर्षभित्रै पढ्न र लेख्न सक्ने बनाउने उद्देश्यले बि.सं. २०६५ मा राष्ट्रिय साक्षरता अभियान सुरु भएको भएपनि त्यसको उपलब्धी न्युन देखिएको छ ।

सरकारले साक्षरता अभियान संचालन गरेको दशक बित्न लाग्दा समेत ७७ वटै जिल्लालाई पुर्णसाक्षर घोषणा गर्न सकिरहेको छैन् ।

अभियान सुरु गरेसंगै हालसम्म ४७ जिल्ला मात्र साक्षर घोषित भएका छन् ।

औपचारिक शिक्षा लिन छुटेकालाई साक्षर बनाउन सरकारले वर्षौंदेखि गाउँटोलमा प्रौढ कक्षा चलाए पनि उद्देश्य पूरा हुन नसकेको प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले बताएका छन् ।

साक्षर कपिलबस्तु घोषणा तयारीका लागी मंगलबार आयोजित बृहत अन्र्तक्रिया कार्यक्रममा सामाजिक बिकास मन्त्री बरालले आगामी एक बर्ष भित्रैमा कपिलबस्तु र बांके जिल्लालाई पुर्ण साक्षर घोषणा गर्ने बताए ।

त्यस्तै उनले घोषणा हुन बांकी जिल्लालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अभियानलाई सार्थकता प्रदान गर्नका लागी आफुले ३ महिना दिनको २ घण्टाका दरले समय खर्चिने उल्लेख गरे ।

कपिलबस्तुमा सामुदायिक बिद्यालय ४३१, संस्थागत बिद्यालय १५६, बालबिकास केन्द्र ५२८, क्यापस ११ वटा रहेको छन् ।

साथै धार्मिक बिद्यालयको रुपमा १३५ मदरसा एवं गुम्बा र आश्रम पनि यस जिल्लामा संचालनमा रहेका छन् ।

जिल्लामा हालसम्म पनि २३ साविकका गाबिस माध्यमिक विद्यालय बिहिन छन् ।

राष्टिय जनगणना अनुसार यस जिल्लाको ५ बर्ष वा ५ बर्ष भन्दा माथीको साक्षरता प्रतिशत ५४ दशमलव ९१ प्रतिशत रहेको छ ।

तर जिल्लामा संचालित साक्षर नेपाल अभियानबाट साक्षर भएका महिला र पुरुषहरुको संख्या समेतका आधारमा कपिलबस्तु जिल्लाको ५ बर्ष भन्दा माथिको साक्षरता प्रतिशत ७९ दशमलव ३९ रहेको छ ।

हालसम्म कपिलबस्तुका १० वटा स्थानीय तहमध्ये बाणगंगा नगरपालिका र शुद्धोधन गाउपालिकालाई पुर्ण साक्षर घोषणा गरिएको शिक्षा बिकास तथा समन्वय इकाई कपिलबस्तुका प्रमुख बाबुराम भट्टराईले बताए ।

कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले साक्षरता अभियानलाई तिब्रता दिन स्थानीय निकायलाई बिशेष नियमन गरिनुपर्नेमा जोड दिए ।

शिक्षा र सभ्यता सिकाउने महान ब्यक्ति भगवान गौतम बुद्धको पवित्र भुमि कपिलबस्तुलाई हालसम्म साक्षरता जिल्ला घोषणा गर्न नसकिनु लज्जास्पद रहेको उल्लेख गरे । अव नियमन बमोजिम निती बनाउदै साक्षरता अभियानमा असहयोग गर्नेलाई बिभिन्न सेवाबाट बन्चित गर्नुपर्नेमा जोड दिए ।

सामाजिक बिकास मन्त्रालयका शिक्षा उपसचिव थानेश्वर गौतमले केही कमीकमजोरी भए पनि अभियानलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

साक्षर कपिलबस्तु घोषणाको योजना निर्माण गरि कार्यान्वयन गर्ने÷गराउने तथा साक्षरता घोषणाको लागी कपिलबस्तु घोषणा एवं प्रतिबद्धता जाहेर गर्ने उदेश्य अनुरुप कपिलबस्तुबाट संघीय, प्रादेशिक तथा स्थानीय सरकारबाट प्रतिनिधी जनाउने जनप्रतिनिधीहरुले तोकिएकै समयभित्रै जिल्लालाई साक्षरता घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।