नवलपरासी, भदौ २९ । राष्ट्रिय बाल दिवसको अवसरमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई गन्डकी प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकालाई बालमैत्री नगर घोषणा गरेका हुन् । साविकको प्रगतिनगर गाउँ विकास समिति ‘नेपालकै पहिलो बालमैत्री गाविस’ भएको भएपनि नगरपालिका भएपश्चात् थप १६ ओटा वडालाई समेटी पूरै नगरपालिकालाई नै…