२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


प्रदेश नम्बर २ मा १ हजार १ सय ५ वटा सवारी दुर्घटना


0
Shares

बारा । अघिल्लो वर्षका तुलनामा प्रदेश नम्बर २ मा सवारी दुर्घटनाको संख्या बढेको छ ।

तीब्र गति, जीर्ण सडक र चालकको लापरवाहीका कारण सवारी दुर्घटना बढेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदेश नम्बर २ का आठ जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा १ हजार १ सय ५ वटा सवारी दुर्घटना भएका छन् ।

दुर्घटनामा ३ सय ९४ जनाको मृत्यु भएको छ । अधिकांश दुर्घटना चालकको लापरवाहीबाट भएको ट्राफिक कार्यालय पथलैयाका ट्राफिक प्रहरी नायब उपरीक्षक यमनाथ अधिकारीले बताए ।

दुर्घटनामा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल ७ सय ९१  वटा रहेका छन् ।

सवारी दुर्घटना बढेसँगै प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले चेकजाँचमा कडाइ गर्नुका साथै जनचेतनाका कार्यक्रमहरुलाई पनि बढवा दिएको छ ।