काठमाडौँ । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि तराई, उपत्यका र खोँचका अधिकांश स्थानमा तुवाँलो लागेको छ।
आज दिउँसो र राति कोशी तथा मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, शनिबार देशभर आंशिक बदली हुने पूर्वानुमान छ। कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ भने मधेस प्रदेशका केही स्थानमा पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्